खानेपानी मन्त्री यादवले देउसी-भैलो टोलीलाई स्वागत गर्दै तिहारको शुभकामना व्यक्त

राजनीति समाचार

 

रसीद आलम,काठमाडौं, १९ कार्तिक।

खानेपानी मन्त्री प्रदीप यादवले तिहारको विशेष अवसरमा नेपाल प्रहरीको देउसी-भैलो टोलीलाई आफ्नो निवासमा स्वागत गरेका छन्। देउसी-भैलोको परम्परागत गीत र नृत्यको रमाइलोमा सहभागी हुँदा मन्त्री यादवले नेपाली संस्कृति र परम्परालाई सम्मान गर्ने यो अवसरमा अत्यन्तै खुशी महसुस गरेको बताए। उनले तिहारको उल्लासमार्फत भाइचारा, प्रेम र एकताको भावना थप बलियो होस् भन्ने कामना गर्दै, तिहारले सबैलाई खुशी, समृद्धि र उज्यालोको नयाँ सञ्चार गराओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

मन्त्री यादवले तिहार पर्वले नेपाली समाजमा भाइचारा र एकता बढाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *