बिरगंज ,७ मंसिर ।
पर्सा जिल्लाको बि.म.न.पा-१६ भन्सार मेनगेट र अन्य विभिन्न स्थानहरूबाट मंसिर ७ गते, स.प्र.ना.उ. सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा टोलीले अबैध रूपमा भन्सार छलि नेपाल ल्याइँदै गरेको किराना सामान र मोटर पार्ट्स रु. ४ लाख १८ हजार ३ सय ४० बराबर र नेपालबाट भारत लैजान खोजिएको ५५ हजार २ सय ५० बराबरको एम्बिशन मदिरा र ३० हजार बराबरको साइकल नियन्त्रणमा लिएको छ।
यस्तै, सोही दिन बि.म.न.पा-९ लिङ्क रोडस्थित गोदामबाट विशेष सूचनाका आधारमा स.प्र.ना.उ. सुरज रिजालको कमाण्डमा खटिएको संयुक्त टोलीले छापामारी गरि रु. १७ लाख १९ हजार ८ सय बराबरको कपडा, छोहडा र आलमन्ड नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
