मन्त्रिपरिषद् बैठकमा बिआरआइ बारे छलफल जारी

बिदेश राजनीति समाचार

काठमाडौं ,१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

 

भोली देखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका थिए ।बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेकाे छ ।

 

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ ।

चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *