बारा, मंसिर २४ ।जिल्ला प्रहरी कार्यालय बाराले बिना बिलबिजक ल्याइएको १ लाख १२ हजार रुपैयाँ बराबरको काजु नियन्त्रणमा लिएको छ।
शनिबार बिहान करिब ८:२० बजे प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चोकमा कटारीबाट पोखरा जाँदै गरेको लु. १ ख ६७२३ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा उक्त काजु फेला पारेको हो।
प्रहरीका अनुसार बसमा लोड गरिएको ७० किलो काजुको कुनै पनि कानुनी बिलबिजक प्रस्तुत गर्न नसकिएकोले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।
