जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या

बिदेश राजनीति समाचार

मधेस प्रदेश ,५ पुस । जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।

टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।

बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएको सोही क्रममा झगडा हुँदा हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *