बिरगंज ,२ माघ ।
बीरगञ्जको आदर्शनगरस्थित गोदाममा सशस्त्र प्रहरी बल, नेपालका प्रस्तावित सीमा सुरक्षा गुल्मका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापामारी गर्दै लाखौं मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।
माघ २ गते गरिएको उक्त छापामारीमा भारतबाट भन्सार छलेर अवैध रूपमा भण्डारण गरिएका कपडा, चिनी, भुटेको बदाम, मटर, र भाँडा माझ्ने जालीलगायतका सामग्री बरामद गरिएको हो। बरामद सामग्रीहरूको कुल मूल्य ४ लाख ८ हजार २५० रुपैयाँ बराबर रहेको छ।
उक्त सामान आवश्यक अनुसन्धान र कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया जारी रहेको बताइएको छ।
