वीरगञ्ज, फागुन ४ । पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ अन्तर्गत मूर्ली क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। सो क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुनेका थिए।
घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्टाले मूर्लीका बासिन्दासँग आत्मीय संवाद गर्दै पर्सा क्षेत्र नम्बर १ को समग्र विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताए। स्थानीयले देखाएको सकारात्मक साथ, समर्थन र भरोसाले आफू थप उत्साहित भएको उनले उल्लेख गरे।
“मूर्लीका स्थानीयसँगको भेटघाटले मलाई थप हौसला र ऊर्जा दिएको छ। यहाँका नागरिकले देखाएको विश्वासप्रति म आभारी छु। पर्सा क्षेत्र नम्बर १ लाई विकासको नयाँ उचाइँमा पुर्याउन म पूर्ण रूपमा प्रतिबद्ध छु,” रुङ्टाले भने।
स्थानीयवासीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयलाई प्राथमिकतामा राखेर विकास गर्न आग्रह गरेका थिए। उनीहरूले दीर्घकालीन विकास योजना, पूर्वाधार विस्तार तथा जनताको जीवनस्तर सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको उक्त घरदैलो कार्यक्रमले आगामी निर्वाचनमा रुङ्टाको पक्षमा जनसमर्थन बढ्दै गएको संकेत गरेको स्थानीय नेताहरूले बताएका छन्।
पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवार रुङ्टाले यतिबेला घरदैलो, भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका
