पर्सा, ५ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध रुपमा बालुवा र गिट्टी उत्खनन गरी परिवहन गरिरहेका दुई ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।
मिति २०८१ माघ ३ गते साँझ ५ बजे पर्सागढी नगरपालिका वडा नं. २ स्थित सिंग्याही खोलाबाट अवैध उत्खनन गरी बालुवा लोड गरेर बग्वानातर्फ जाँदै गरेका ट्र्याक्टरहरूलाई प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका ट्र्याक्टरमध्ये ना.५ त.३१२८ नम्बरको ट्र्याक्टरका चालक सरोज साह (२५ वर्ष), पर्सागढी नगरपालिका–३ औराही निवासी हुन्। अर्को प्र.२–०३–००१ त १६८९ नम्बरको ट्र्याक्टरका चालक सन्दीप पटेल (२४ वर्ष) पर्सागढी नगरपालिका–२ बग्वाना निवासी राजेन्द्र राउत कुर्मीका छोरा हुन्।
प्रहरीले दुबै ट्र्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अस्थायी प्रहरी पोष्ट मनवामा राखेको जानकारी दिएको छ।
