बारा, मालपोतमा छडके अनुगमन, १७ अनुपस्थित

बिदेश राजनीति समाचार

बारा, २६ माघ । जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छडके अनुगमन गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको अनुगमनको क्रममा  मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेका  थिए।

उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि प्रमुख प्रशासकीय अधिकृत यादव नेतृत्वको टोलीले छड्के अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा मालपोत अधिकृत चौधरी,नायव सुब्बा राजकिशोर चौधरी,रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह,प्रवेज हवारी,दिपेन्द्र चौधरी,प्रविण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह ,सुर्या दहैत अनुपस्थित रहेका थिए।

त्यसैगरी,कार्यालय सहयोगी मुनिलाल हजारा,असेसर प्रसाद यादव,राजकिशोर यादव,चौकिदार श्यामबाबु यादव,तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको प्रशासकिय अधिकृत दीपेन्द्र प्रसाद यादवले बताएका छन्।

अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पु-याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

 

जिल्ला प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतान समेतको सहभागिता रहेको अनुगमन टोलीले अनुपस्थित कर्मचारीको हाजिरी काटेको जिल्ला मालपोत कार्यालय बाराका प्रमुख  प्रमुख सालिकराम ढकालले पुष्टी गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *