पर्सामा ३१ केजीभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

समाचार

पर्सा, ६ फागुन ।

सशस्त्र प्रहरी बल, नेपाल पर्साले विशेष सूचनाको आधारमा ३१.१२५ केजी (३ पोका) प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म, लहावरथकरीले पर्सा जिल्लाको कालिकामाई गाउँपालिका-३, हरीहरपुर बिर्तास्थित उखु बारीमा लुकाइछिपाइ राखिएको उक्त गाँजा फेला पारेको हो।

बरामद गरिएको लागुऔषधलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता  सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *