भन्सार छली गरिएका सामानहरू प्रहरीले बरामद गर्यो

समाचार

पर्सा, १९ फागुन ।

पर्सा प्रहरीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न खाद्यान्न, कस्मेटिक सामान तथा स्मार्ट घडी बरामद गरेको छ।

आइतबार  बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका-१६, रेल्वे रोडस्थित क्षेत्रबाट वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले रु. १ लाख ६४ हजार ७ सय ९० बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको हो।

बरामद सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय, वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *