बारा, २७ फागुन ।
बारा प्रहरीले विशेष सूचनाको आधारमा ५६ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ।
फागुन २६ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय कोल्हबी, बाराबाट प्रहरी सहायक निरीक्षक (प्र.ह.) बच्चालाल यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका–५, कुमरगढीबाट सोनाभार टोलतर्फ गइरहेको मोटरसाइकललाई शंका लागि जाँच गर्न खोज्दा सवार दुईजनाले प्रहरीलाई देख्नेबित्तिकै ५६ किलो गाँजा फालेर मोटरसाइकलसहित फरार भएका थिए।
प्रहरी टोलीले सोही स्थानबाट ७ वटा पोका गरी कुल ५६ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ। हाल फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको र बरामद लागू औषध सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
