बारा, मधेश प्रदेश ,२७ फागुन ।
बारा प्रहरीले चेकजाँचका क्रममा २१ लाख ९२ हजार बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाएको छ।
मिति २०८१ फागुन २५ गते राति करिब ९:५० बजे इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट प्रहरी निरीक्षक (प्र.नि.) सुरेशराज भाट्टको कमाण्डमा खटिएको चेकिङ टोलीले प्रसौनी गाउँपालिका–२, पतञ्जली चौकमा वीरगंजतर्फ जाँदै गरेको ना ३ ख ७०५० नम्बरको ट्रक रोकी जाँच गर्दा बिलबिजकभन्दा सामान फरक रहेको पाइएको थियो।
प्रहरीका अनुसार, उक्त ट्रकबाट निम्न सामग्रीहरू बरामद गरिएका छन्:
- हरियो मटर – १२० बोरा (३,६०० केजी), मूल्य करिब रु. ४,८०,००० (बिल नभएको)।
- बिस्कुट – ९५० कार्टुन, मूल्य करिब रु. १२,२८,४४९, जसमा ४९० कार्टुनको बिल नभएको।
- मास्टर ब्याच – ७५ केजी, मूल्य करिब रु. २६,९९९ (बिल भएको)।
- ले फ्ल्याट ट्युब – ६२९.३४ केजी, मूल्य करिब रु. १,२९,२५७ (बिल भएको)।
- हार्डवेयर ट्राइ केमिकल इन्डस्ट्रीज – २,१८० केजी, मूल्य करिब रु. ३,२७,९८१ (बिल भएको)।
बरामद सामान तथा ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको प्रहरी स्रोतले जनाएको छ।
