बारा, २७ फागुन ।
बारा प्रहरीले विशेष सूचनाको आधारमा तीन फरक स्थानमा चेकजाँच गर्दा भन्सार छली गरी ल्याइएका ४ लाख ३० हजार ६५० रुपैयाँ बराबरको विभिन्न सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाएको छ।
१. कलैया, बारा
मिति २०८१ फागुन २५ गते बिहान करिब ६:०० बजे, जिल्ला प्रहरी कार्यालय बाराको टोलीले कलैया उपमहानगरपालिका–५ मा भारतबाट नेपालतर्फ ल्याइएका ७ वटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले जाँच गर्न खोज्दा सवारी चालकहरू मोटरसाइकल त्यहीँ छोडी फरार भएका थिए। बरामद मोटरसाइकलहरूको अनुमानित मूल्य रु. १,४०,००० रहेको छ। नियन्त्रणमा लिइएका मोटरसाइकलहरू निम्नानुसार छन्:
- BR29D2543
- BR06AH7812
- BR05AD5095
- BR05J7703
- UPB5599
- BR30D8568
- BR28B5794
२. महागढीमाई नगरपालिका, बारा
मिति २०८१ फागुन २५ गते बिहान ७:०० बजे, प्रहरी चौकी बरियारपुरबाट खटिएको टोलीले महागढीमाई नगरपालिका–२, इनर्वा टोलमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको BR05J9912 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चिनी, खाने तेल, सरफ र साबुन जस्ता सामान लोड गरिएको फेला परेको थियो। प्रहरीलाई देख्नासाथ चालक फरार भएपछि रु. ६४,६५० मूल्य बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
३. सिम्रौनगढ नगरपालिका, बारा
मिति २०८१ फागुन २४ गते बिहान ३:०० बजे, इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–६, अमरपुर टोलमा भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको BR05T1927 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकलमा रु. २,२६,००० मूल्य बराबरका सिलिकन कपडा, भेष्ट, हाल्फ सर्ट आदि लोड गरिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै चालक फरार भएकाले सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, बरामद गरिएको सम्पूर्ण सामान र मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज, पर्सा पठाइएको छ।
