बारा, चैत १८ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी राखिएको ४ लाख ४४ हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ।
प्रहरीका अनुसार चैत १७ गते राति करिब ११ बजे कलैया उपमहानगरपालिका-१३, बलिरामपुरस्थित भारतबाट ल्याइएको अवैध सामान बरामद गरिएको हो। प्रहरीले १८५ बोरा केराउ फेला पारेको जनाएको छ।
हाल बरामद सामानलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउँदै कानूनी कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
