बारामा चट्याङका कारण दुई स्थानमा आगलागी, करिब २१ लाख बराबरको क्षति

समाचार

बारा,२८ चैत ।

चैत २८ गते बिहानको समयमा बारा जिल्लाका दुई फरक स्थानमा चट्याङका कारण आगलागी भएर ठूलो क्षति भएको छ।

बारागढी गाउँपालिका–४, सुखीपथरा निवासी हरिन्द्र प्रसाद कामीको पराल र टिनले बनेको कुखुरा फर्ममा बिहान ३:०० बजे तिर चट्याङ परेको कारण आगलागी भएको जानकारी अस्थायी प्रहरी पोष्ट लंगडा चोक बारामा बिहान ५:३० बजे प्राप्त भएको थियो। तत्पश्चात प्रहरी हवल्दार दिनेश साह कानुको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो बिहान ७:०० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। उक्त आगलागीबाट करिब २००० तयारी कुखुरा, कुखुराको दाना र फर्म गरी करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, करैयामाई गाउँपालिका–८, नरहीमा अभिनाश कुशवाहाको कृषि मिटर राखिएको फुसको घरमा पनि बिहान ३:०० बजे तिर चट्याङ पर्दा आगलागी भएको छ। आगोले घर र कृषि मिटर पूर्णरूपमा जलेर नष्ट भएको हो। घटना सम्बन्धी जानकारी बिहान ८:४५ बजे प्र.चौ. गंजभवानीपुर बारा मा प्राप्त भएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। उक्त आगलागीबाट करिब १० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले दुवै घटनाबारे पुष्टि गर्दै आगलागी नियन्त्रणमा ल्याउन प्रहरी र स्थानीयको सक्रियता प्रशंसनीय रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *