बारा, चैत २८ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले चैत २७ गते दिउँसो करिब ३:३० बजे फेटा गाउँपालिका–३ चौतारास्थित घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषधसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीको जाँचका क्रममा ट्याक्टरको तेल ट्याङ्कीभित्र प्लास्टिकमा बेरी लुकाइ राखिएको १५८ ग्राम ९१० मिलि ग्राम खैरो र सेतो देखिने ब्राउन सुगर जस्तो लागू औषध फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूमा भारतको पुर्वी चम्पारण, शिवनगर इनर्वा पञ्चायत वडा नम्बर २ बस्ने करिब ३० वर्षीय ट्याक्टर चालक टुटु कुमार र सोही ठाउँका करिब ३२ वर्षीय टुटु अंसारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितका अनुसार, पक्राउ परेका दुबै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
