डिएसपी खनालको कमान्डमा लाखौं मूल्यको तोरी र मोटरसाइकल बरामद

समाचार

बिरगंज, ११ बैशाख — प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरका डिएसपी आनन्द खनालको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भन्सार छली गरेर ल्याइएको लाखौं मूल्यको तोरीसहित दुईवटा मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार, बैशाख १० गते राति करिब ८:३० बजे पर्सा जिल्लाको ठोरी गाउँपालिका–३, ब्रहमनगरबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १७८ केजी तोरी तथा ढुवानीमा सङ्गलन २ वटा मोटरसाइकल बरामद गरिएको हो, जसको मूल्य २ लाख १४ हजार २ सय ४० रुपैयाँ बराबर रहेको छ।

गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएका कारण मोटरसाइकल र तोरी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरिएको सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *