बिरगंज वडा नं. २ मा निःशुल्क आँखा शिविर सम्पन्न

समाचार

 

बिरगंज, १३ बैशाख।
बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा १५० जनाले आँखा परीक्षण गराएका थिए, जसमा १६ जना पुरुष र २० जना महिला गरी कुल ३६ जना बिरामीको विशेष उपचार गरिएको बिरगंज सामुदायिक आँखा अस्पतालका संचालक महेश सिंह धामीले जानकारी दिए।

कार्यक्रममा महिला तथा पुरुषहरूले नेत्र परीक्षण गराएका थिए। बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख आलमले आँखा मानव जीवनको अभिन्न अंग भएको उल्लेख गर्दै यसलाई सुरक्षित राख्न प्रत्येक व्यक्तिको कर्तव्य भएको बताए। उनले महानगरपालिकाले आगामी दिनमा सबै वडामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

शिविर छपकैया वडा नं. २ स्थित छटघाट धर्मशालामा आयोजना गरिएको थियो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आँखा परीक्षणसँगै निःशुल्क औषधि, आईड्रप, मलम तथा चस्मा वितरण गरिएको थियो। साथै, मोतियाबिन्दु भएका बिरामीहरूको लागि बिरगंज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था पनि गरिएको अध्यक्ष ठकुराईले बताए।

वडा अध्यक्ष महम्मद रेयाज मियाका अनुसार, निःशुल्क आँखा शिविरको उद्देश्य आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गलाई सहज रुपमा सेवा उपलब्ध गराउने रहेको थियो। उनले यस्ता कार्यक्रम भविष्यमा स्वास्थ्यसम्बन्धी अन्य शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रा.स.स. बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, वडा सदस्य बसिर मिया हजाम, पिर महम्मद अन्सारी, महिला सदस्यहरू संगीता थापा भुजेल, रम्भा देवी लगायतको उपस्थिति रहेकोे थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *