बिरगंजमा “Beat The Speed: Season 2” आयोजना हुँदै, तीव्र गतिका बलरहरूको खोजी

समाचार

बिरगंज, २६ वैशाख । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले “Beat The Speed: Season 2” क्रिकेट अभियान सुरु गर्न लागेको छ। गत वर्षको “Beat The Speed: Season 1” को सफलतापछि फेरि पनि यो अभियान देशभरिका तीव्र गतिका बलरहरू पहिचान गर्ने उद्देश्यका साथ सुरु गर्न लागिएको हो।

उक्त अभियान अन्तर्गत फास्ट बलरहरूलाई स्पीड गन प्रविधिबाट परीक्षण गरी उत्कृष्ट प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। बिरगंजमा यो कार्यक्रम जेष्ठ २ गते २०८२ (16 May, 2025) शुक्रबार, दिउँसो ४ बजेदेखि आदर्शनगर ग्राउन्डमा आयोजना हुने आयोजक वर्ल्डलिंकले जानकारी दिएको छ।

वर्ल्डलिंकका बिरगंज शाखा प्रमुख सुचित पौडेलका अनुसार, “यो अभियानले जिल्लाभरिका सबै उमेर समूहका खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ।” कार्यक्रम सफल बनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा गरिएको उनले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *