पर्सामा सालको काठसहित दुई साइकल बरामद, तस्कर फरार

समाचार

पर्सा ,२८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले सालको काठसहित दुई थान साइकल बरामद गरेको छ।

प्रहरीका अनुसार,  वैशाख २८ गते बिहान ७:०० बजे पटेर्वा सुगौली गाउँपालिका–१, पथरघटा स्थित जंगलतर्फबाट २ वटा साइकलमा अन्दाजी २० क्यूबिक फिट बराबरको सालको काठ ल्याउँदै गरेको अवस्थामा प्रहरीको क्यूआरटी टोली देखेपछि तस्करहरु साइकल र काठ छोडेर फरार भएका थिए।

प्रहरीले उक्त स्थानबाट सालको काठ र दुईवटा साइकल बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि कार्यालयमा ल्याएको जनाएको छ।

प्रहरीले फरार व्यक्तिको खोजी जारी राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *