रसीद आलम
वीरगंज, ९ जेठ — जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेका वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले भन्सार छली गरी नेपाल भित्र्याइएको ३० बोरा सामान नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल जेठ ७ गते अन्दाजी दिउँसो १२:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ७ रामटोलस्थित क्षेत्रबाट चोरी पैठारी गरी ल्याइएको २६ बोरा सखड् (मिठा) र ४ बोरा चुकुन्दर पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ती सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
यस प्रकारको भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाहीलाई अझ सशक्त बनाउँदै लगिएको जनाएको छ।
