भन्सार छलि ओसारपसारमा संलग्न १० लाखभन्दा बढीको अबैध सामान पर्सा सशस्त्रको नियन्त्रणमा।

समाचार

रसीद आलम

पर्सा, जेठ ११ — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारत-नेपाल सीमावर्ती क्षेत्रबाट भन्सार छलि अवैध रूपमा ओसारपसार हुँदै गरेको रु. १०,८४,१९०।– बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्राप्त विवरणअनुसार, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ लुकाइछिपाई चोरी पैठारी तथा निकासी हुँदै गरेका विभिन्न सामानहरू नियन्त्रणमा लिएको हो।

उक्त सामानहरूको अनुमानित मूल्य रु. ८,३७,१२०।– रहेको छ। नियन्त्रणमा लिइएका सामानहरूमा दुई थान मोटरसाइकल, किराना सामग्री, तयारी कपडा, मोबाइल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा लगायतका वस्तुहरू रहेका छन्। यी सामग्रीहरू भन्सार छलि अवैध रूपमा सीमाबाट ओसारपसार भइरहेको अवस्थामा बरामद गरिएको हो।

त्यसैगरी, सोही दिन सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको अर्को टोलीले अलौ तथा कोनिया इलाकाबाट रु. १,१८,२००।– बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

यसका अतिरिक्त, बी.ओ.पी. प्रसौनीभाठा र बी.ओ.पी. सिर्सियाबाट खटिएको टोलीहरूले पनि संयुक्त रूपमा रु. १,२८,८७०।– मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई सोही अनुसारको कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार चोरी, पैठारी तथा अन्य गैरकानुनी गतिविधिमा कडाइका साथ निगरानी बढाएको जनाउँदै यस्ता अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *