पर्सा, ६ असार — पर्सा जिल्ला प्रहरी कार्यालयले बाल विवाहसम्बन्धी गम्भीर कसूरमा शिबर्वाकी एक महिलालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
मिति २०८२ साल असार १ गते बिहान करीब ८:०० बजे शिबर्वा निवासी एक महिलाले आफ्नो नाबालिग छोरीलाई ४ लाख ८० हजार रुपैयाँ नगद लिई विभिन्न प्रलोभनका साथ उमेर नपुगी र तीन गुणा बढी उमेर भएका र अन्तरजातीय व्यक्तिसँग विवाह गराएको उजुरी प्रहरी कार्यालयमा प्राप्त भएको थियो ।
मिति २०८२ साल असार ४ गते उक्त कसूरमा संलग्न रहेको आरोपमा नामथर वतन परिवर्तित ३४ जिल्ला २०८१/०८२ शिबर्वा (क/३) निवासी महिलालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरीले पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।
पर्सा प्रहरी प्रवक्ता एवं डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेकी महिलाविरुद्ध बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बाल विवाहजस्तो सामाजिक अपराध नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाइएको र अपराध गर्ने जो–कसैलाइ कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।
