भारतबाट ल्याउँदै गरेको १० लाख बढी रुपैयाँ सहित १ जना पक्राउ

समाचार

रौतहट, १३असार । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १० लाख बढी नेपाली रुपैयाँ सहित एकजना युवक रौतहटको सदरमुकाम गौरमा पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा गौर नगरपालिका–१ ट्रान्सफर्मर चौक बस्ने ३० वर्षीय मोहम्मद करमान अली रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए ।

गौर भन्सार अगाडी भन्सार सुरक्षा गस्ती टोलीले भारतिय बजार बैरगनियातर्फबाट आएको  BR05AE 6705 नम्बरको मोटरसाइकल बिहीवार साँझ चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनी र हेल्मेट भित्र लुकाइछिपाई राखिएको अवस्थामा नेपाली १० लाख ४५ सय रुपैयाँ सहित अलि लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको बरामद रुपैयाँ र बरामद मोटरसाईकलको १ लाख ५० हजार मूल्याङकन गरी अलीलाई आवश्यक कारवाहीका लागि  जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *