काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

समाचार

काठमाडौं, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।

 

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। भेटवाल पक्राउ परे पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिदैँछ ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भए पछि उनी पक्राउ परेको बुझिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *