सवारी दुर्घटनामा परि वीरगञ्ज नगवाका दुई युवकको मृत्यु

समाचार

वीरगञ्ज, १४ असार।
पर्साको वीरगञ्ज महानगरपालिका स्थित रामगढ्वामा शुक्रबार राति ११:३० बजे भएको सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु भएको छ।

मधेस प्रदेश ०३-००१-ज ०६८१ नम्बरको ईभी गाडी र प्रदेश २-०३-१४ प ६२७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार वीरगञ्ज–१६, नगवा बस्ने २१ वर्षीय निरन्जन राम२० वर्षीय बिक्रम साह तुराहा गम्भीर घाइते भएका थिए। दुबैलाई उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उपचारको क्रममा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि ईभी चालक सञ्जय बैठा र उक्त गाडीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

शव आफन्तलाई कानुनी प्रक्रिया पूरा गरी बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *