भारत महदेवामा निशुल्क आँखा जाँच शिविर सम्पन्न, सामूदायिक सेवा केन्द्र छपकैयाको अगुवाइमा नेपाली-भारतीय सहभागिता

समाचार

महदेवा (भारत) । साउन २२  ।

भारत बिहार राज्यअन्तर्गत ग्राम पंचायत महदेवामा एक भव्य निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य सेवामूलक शिविरको आयोजना सामूदायिक सेवा केन्द्र छपकैया वार्ड नं. २, वीरगंज, नेपालको नेतृत्वमा सम्पन्न भएको हो । यस शिविरमा सयौं नागरिकले आँखा परीक्षण गराएका थिए भने केहीलाई थप उपचार तथा शल्यक्रियाको सिफारिस समेत गरिएको थियो।

शिविरको प्रमुख अतिथि ग्राम महदेवाका प्रतिष्ठित समाजसेवी विभव सिंह रहनुभएको थियो भने कार्यक्रमका अध्यक्ष सामूदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराई हुनुहुन्थ्यो।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो, जसमा पूर्व सरपंच निरहसन ठकुराई, एसएसबी महदेवाका इन्चार्ज जोनप्रकाश टड्डु, एसएसबी एएसआई  कृपाराम शर्मा, एसएसबीका विरेन्द्र सिंह पवार, समाजसेवी विवेक सिंह, तथा समाजसेवी गणेश झा लगायत सम्माननीय अतिथिहरू सामेल हुनु भएको थियो।

कार्यक्रममा सामूदायिक सेवा केन्द्र छपकैयाका उपाध्यक्ष  मो. अब्दुलहक र कोषाध्यक्ष श्रीमती प्रेमकुमारी सिंहले अतिथि सत्कार तथा व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गर्नु भयो। विशेषगरी श्रीमती प्रेमकुमारी सिंहले स्वागत मन्तव्य दिँदै स्वास्थ्य सेवा मानवअधिकारसँग जोडिएको अत्यावश्यक पक्ष भएकोले यस्ता शिविरले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

कार्यक्रममा ग्राउण्ड रिपोर्टर २४ का संवाददाता  नविन गिरी पनि विशेष अतिथिको रूपमा सहभागी हुनु भयो, जसले कार्यक्रमको तथ्यांक तथा विवरणहरू संकलन गरी सञ्चार माध्यममार्फत आमजनतासमक्ष पुर्याउने कार्य गर्नु भएको थियो।

शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले आँखा परीक्षणको सेवा निःशुल्क रूपमा पाउनुमा हर्ष व्यक्त गर्दै यस्तो किसिमका कार्यक्रमहरू समय समयमा आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

साझेदारी र सद्भावको सन्देश

यो स्वास्थ्य शिविर नेपाल-भारत सीमावर्ती क्षेत्रका जनता बीचको आपसी सहयोग, सद्भाव, र मानवताको उदाहरणीय पहलका रूपमा लिइएको छ। सामूदायिक सेवा केन्द्र छप्कैयाले देखाएको नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना निकै प्रशंसनीय रह्यो।

आयोजक संस्थाका अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराईले सम्पूर्ण अतिथि, चिकित्सक टोली, स्वयंसेवक र सहभागीहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सेवामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *