कोटेश्वरमा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

समाचार

काठमाडौं, ९ भदौ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा तथा विकास समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ को आयोजनामा जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम महादेवस्थानस्थित महादेवस्थान बैंक्वेटमा सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रमुख अतिथि रहेका थिए भने समाजसेवी कान्छी खत्री विशेष आतिथ्यतामा सहभागी भए ।

उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूले भोग्नुपरेका समस्या, गुनासो र उनीहरूमाथि हुन सक्ने दुर्व्यवहार सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा प्रहरी वृत नयाँबानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्ट, प्रहरी प्रभाग काँडाघारीका प्रमुख प्रहरी निरीक्षक राजन थापा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामुदायिक सेवा तथा विकास समाजका सदस्यहरूको उपस्थितिमा जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *