बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

समाचार

काठमाडौं ,२० भदौ । बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो।

पण्डितविरुद्ध काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा सकुशल सप्लायर्स प्रालिका सञ्चालक पण्डितविरूद्ध मुद्दा दर्ता भएको थियो।

उनले बैंकिङ कसुरमार्फत्  ८० लाख बराबरको बिगो पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका पण्डितलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पण्डितलाई कानुनी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाइने छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *