बारा,२२ भदौ ।
बारामा सशस्त्र प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत अवैध सामान बरामद गरेको छ।
भदौ २१ गते राति ९:१० बजे कोल्हबी नगरपालिका–८ नयाँबस्तीमा सुरक्षा बेस कोल्हबीका स.प्र.ना.नि. सुनिल कुमारको कमाण्डमा खटिएको टोली र सब–डिभिजन वन कार्यालयको संयुक्त टोलीले अवैध रुपमा जंगलबाट ल्याउँदै गरिएको २५ क्युफिट सालको काठसहितको ट्र्याक्टर नियन्त्रणमा लिएको हो। उक्त काठ र ट्र्याक्टरको अनुमानित मूल्य १० लाख ६० हजार रुपैयाँ रहेको छ। बरामद गरिएका सामग्रीलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, सोही दिन राति ९:४५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएका सामग्री बरामद गरेको हो। प्रहरीले BR05BD8523 नम्बरको Hero Splendor मोटरसाइकलमार्फत ल्याइएको करिब ३० हजार मूल्य बराबरको रेडिमेड कपडा तथा करिब १ लाख रुपैयाँ बराबरको मोटरसाइकलसहित जम्मा १ लाख ३० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामानलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, बारा द्वारा जानकारी दिइएको छ।
