पर्सा, भदौ २२ । जिल्ला पर्सा, बीरगंज महानगरपालिका–१४ स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साको प्राङ्गणमा आज बिहानदेखि अकुपंजर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नं.१३ गण हे.क्वा. पर्साको आयोजनामा तथा स्टार होलीस्टिक हिलिङ, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा सञ्चालित शिविर बिहान ९ बजेदेखि सुरु भई दिउँसो २ बजेर ३० मिनेटमा सम्पन्न भएको हो ।
शिविरमा नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, स्टार होलीस्टिक हिलिङकी प्रतिनिधि सृजा श्रेष्ठ तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि प्रेम रामलगायतको सहभागिता थियो ।
शिविरमार्फत ५४ जना सशस्त्र प्रहरी तथा ४ जना स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
