काठमाडौं महानगरमा उज्यालो र डिजिटल शिक्षाको अभियान तीव्र

समाचार

काठमाडौं ,८ असोज । काठमाडौं महानगरपालिकाले लामो समयदेखि रोकिएको ‘उज्यालो महानगर योजना’स्मार्ट कक्षाकोठा निर्माण अभियानलाई तीव्रता दिएको छ ।

मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार करिब १० करोड लागतमा ६२ वटा हाई मास्ट लाइट जडान गर्ने कार्य भइरहेको छ । हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन् भने दशैंअघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी छ । अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा परिवर्तन गरी हाल बलिरहेको उनले बताएका छन् ।

यससँगै करिब ८५ करोडको लागतमा स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम तयारी भइरहेको र यस वर्षभित्र सम्पूर्ण काठमाडौं महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, लामो समयदेखि रोकिएको स्मार्ट कक्षाकोठा निर्माण पनि सम्पन्नताकोतर्फ उन्मुख भएको छ । हालसम्म सामुदायिक विद्यालयमा १७७ वटा स्मार्ट बोर्ड र नयाँ ठेक्काबाट थप ३१३ वटा बोर्ड जडान भइसकेका छन् । बजेट निकासा भइसकेका ५७० स्मार्ट बोर्डसहित तिहारअघि ८७ विद्यालयमा आवश्यक १,०६० स्मार्ट बोर्ड जडान गर्ने लक्ष्य राखिएको छ ।

यस अभियानबाट ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । मेयर शाहले बालबालिकामाथिको लगानी नै विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने आधार बन्ने भएकाले सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *