काठमाडौं, असोज १० ।
जेन-जी (Gen-Z) पुस्ताद्वारा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फेला पारेमा नजिकको सुरक्षा निकायमा बुझाउन गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयले २०८२ असोज मसान्तभित्र सो सामान बुझाउन वा त्यसबारे जानकारी दिन आग्रह गरेको छ। सो मितिभित्र हातहतियार वा खरखजाना बुझाउने वा जानकारी दिने व्यक्तिलाई उचित सम्मान गरिने समेत मन्त्रालयले जनाएको छ।
तर, तोकिएको समयसीमा पछि कसैको साथमा ती हराएका हातहतियार वा खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी समेत गृहमन्त्रालयले दिएको छ।
