भाद्र २३–२४ को घटनाबारे नेपाली सेनाको स्पष्टिकरण, जनसमुदायलाई यथार्थपरक जानकारी लिन अपिल

समाचार

काठमाडौं,२४ असोज । नेपाली सेनाले गत भाद्र २३ र २४ गते उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्न गरेको भूमिकाबारे विद्वत् वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त विभिन्न राय, सुझाव र समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गर्दै छिटोभन्दा छिटो शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले आवश्यक पहल लिइएको हो।

हालको संवेदनशील अवस्थाका बीच विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था तथा नेतृत्वसँग सम्बन्धित विभिन्न टिप्पणी र धारणा सम्प्रेषण भइरहेका प्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा नेपाली सेनाले आफ्नो गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट गरेको छ। साथै, सेनासम्बन्धी यथार्थपरक सूचना लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सेनाले आम जनसमुदायलाई अपिल गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *