प्रहरी सहायक निरीक्षक रागनी कुमारी “सर्वोत्कृष्ट प्रहरी” घोषित, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम्मानित

समाचार

रौतहट,१५ मंसिर  । जिल्ला प्रहरी कार्यालय रौतहटअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारीले लैङ्गिक हिंसा न्यूनीकरण तथा लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा देशभरका समान शाखामा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

उहाँको उत्कृष्ट कार्यसम्पादन, प्रेरणादायी भूमिका तथा पूर्ण व्यवसायिक क्षमताको कदरस्वरूप नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मिति २०८२ मंसिर १४ गते, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको विशेष समारोहमा प्रशंसापत्र तथा नगद पुरस्कार रु. ४०,०००/- प्रदान गर्नुभयो।

प्रहरी सहायक निरीक्षक कुमारीले समुदायमा लैङ्गिक हिंसा विरुद्ध सचेतना अभिवृद्धि, पीडितमैत्री सेवा, प्रभावकारी संयोजन तथा जनविश्वास अभिवृद्धिमा पुर्‍याएको योगदान उच्च प्रशंसनीय रहेको Nepal Police Headquarter​ले जनाएको छ।

उहाँको यस उपलब्धिप्रति जिल्ला प्रहरी कार्यालय रौतहट परिवारले हार्दिक बधाई दिंदै आगामी व्यवसायिक यात्रा तथा व्यक्तिगत जीवनमा निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *