नेपाली छात्रसमूहद्वारा निर्मित सानो भू–उपग्रह चिनियाँ रकेटमार्फत सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश

समाचार

काठमाडौ ,२६ मंसिर ।

नेपाली स्कुले विद्यार्थीको समूहले निर्माण गरेको एउटा सानो आकारको भू–उपग्रह चिनियाँ रकेट ‘लिजियान–१ वाई११’ मार्फत अन्तरिक्षको निर्धारित कक्षमा सफलतापूर्वक पुगेको छ। चीन, युएई र इजिप्टका अन्य ८ स्याटलाइटसँगै प्रक्षेपण गरिएको उक्त उपग्रह सफलतापूर्वक कक्षमा प्रविष्ट भएको खबरले देशभर खुशी छाएको छ।

सीमित सुविधा र साधनबीच पनि चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले गरेको यो उपलब्धि प्रेरणादायी मानिएको छ। उनीहरूले दैनिक जीवनका चुनौतीहरू बीच विज्ञान तथा प्रविधिप्रति देखाएका लगन र क्षमताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत विद्यार्थी तथा संलग्न सम्पूर्ण टोलीलाई बधाई दिँदै यो सफलताले सबै नेपाली बालबालिका र युवामा विज्ञान—प्रविधिप्रतिको रुचि अभिवृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *