वीरगन्ज, माघ १३ ।
पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नि टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज औद्योगिक नगरी हुँदाहुँदै पनि यहाँका युवाहरू बेरोजगारीको मारमा परेर रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले आफू निर्वाचित भए पर्सा क्षेत्र नम्बर–१ का एक जना युवा पनि बेरोजगार नरहने गरी स्वरोजगार सिर्जना गर्न विशेष पहल गर्ने दृढ प्रतिबद्धता जनाए।
सरार्फले विकास र निकासका लागि जनमत पार्टी नै भरपर्दो विकल्प भएको उल्लेख गर्दै हर्न छापमा मतदान गरी जनमत पार्टीलाई बलियो बनाउन सबै मतदातालाई आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादवलगायतको उपस्थिति रहेको थियो। साथै स्थानीय युवा दिलिप पासवान, दिनेश हजरा, सरोज पटेललगायत सयौँ स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीप्रति जनसमर्थन झनै बलियो बन्दै गएको संकेत दिएको छ।
