जिल्ला प्रहरी कार्यालय पर्सामा स्नानकक्ष, शौचालय तथा पुनःप्राप्ति केन्द्र भवन उद्घाटन

समाचार

पर्सा, २३ चैत ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित स्नानकक्ष, शौचालय तथा पुनःप्राप्ति केन्द्र भवनको उद्घाटन सम्पन्न भएको छ।

मंगलबार बिहान ०८ः३० बजे आयोजित कार्यक्रममा रूङ्गटा वेलफेयर सोसाइटी तथा आमा नेपाल फाउन्डेसनको सहयोगमा निर्माण गरिएको उक्त संरचनाको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको थियो।
नवनिर्मित संरचनाले प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई आवश्यक सरसफाइ तथा आधारभूत सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी पुनःप्राप्ति केन्द्र भवनले विभिन्न कारणले प्रभावित व्यक्तिहरूको व्यवस्थापन तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा पर्साका एसपी सुदिप राज पाठक लगायत स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता पूर्वाधार विकास आवश्यक रहेको बताएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले समुदायको सहकार्यमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *