पर्सा,२४ बैशाख । बैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई ३८ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकिएका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विभिन्न मितिदेखि फरार रहेका ती प्रतिवादीहरूलाई विशेष खोजतलास तथा अपरेसनका क्रममा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आर्थिक अपराध तथा बैंकिङ कसूरजस्ता घटनामा संलग्न फरार अभियुक्तहरूको खोजी अभियानलाई थप कडाइका साथ अघि बढाइने समेत जनाएको छ।
