भारतमा अवैध रूपमा बस्दै आएका सोमाली नागरिक रक्सौल सीमाबाट पक्राउ

समाचार

भारत, रक्सौल १ जेठ ।नेपाल सीमा क्षेत्र अन्तर्गत रक्सौलको हरैया थाना क्षेत्रस्थित कस्टम चौक नजिकबाट एक सोमालिया नागरिकलाई अवैध रूपमा भारतमा बसोबास गर्दै आएको आरोपमा पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सोमालियाका मोहम्मद अहमद फराह रहेका छन्।

प्राप्त जानकारीअनुसार फराह मेडिकल भिसामा भारत आएका थिए र हैदराबादमा बस्दै आएका थिए। तर, उनको भिसा करिब चार महिना अगाडि नै सकिएको भए पनि उनी अवैध रूपमा भारतमै बस्दै आएका थिए। पछि नेपाल हुँदै बाहिरिने प्रयास गरिरहेको अवस्थामा आव्रजन कार्यालयको टोलीले शंकाको आधारमा जाँच गर्दा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका फराहलाई थप कानुनी कारबाहीका लागि हरैया थाना प्रहरीको जिम्मा लगाइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई माननीय अदालतमा पेश गर्न पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे पुष्टि गर्दै एडीपीओ मनीष आनन्दले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। पक्राउ कारबाहीका क्रममा हरैया थानाध्यक्ष किशन कुमार समेत घटनास्थलमा उपस्थित रहेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *