वीरगञ्ज, ४ जेठ । बैंकिङ कसूर मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले आइतबार साँझ वीरगञ्ज महानगरपालिका–११ स्थित लुकिछिपी बस्दै आएका ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालतको फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसूर मुद्दामा १ महिना कैद तथा ९ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। फरार रहेका उनलाई मिति २०८३ जेठ ३ गते साँझ करिब ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
पर्सा प्रहरीले अदालतबाट फैसला भएका फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तर तीव्र बनाएको जनाएको छ।
