बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १० लाख जरिवाना र कैद सजाय तोकिएका व्यक्ति प्रहरी नियन्त्रणमा

समाचार

बिरगञ्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले उक्त प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई अदालतले ३ दिन कैद तथा रु. १० लाख जरिवाना सजाय तोकेको थियो। फैसला कार्यान्वयनबाट लामो समयदेखि फरार रहेका उनलाई विशेष निगरानी तथा खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको जनाएको छ।

पर्सा प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। पछिल्लो समय फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको र यसले कानुनी शासन तथा न्यायिक निर्णयको कार्यान्वयनमा सकारात्मक प्रभाव पारिरहेको प्रहरीको विश्वास छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *