ताजिया(मोहरम) जुलुसमा नक्कली बन्दुक प्रदर्शन गर्ने राहुल साह भन्ने हैदर पक्राउ। 

समाचार

वीरगञ्ज, १७ असार।
पर्साको वीरगञ्जमा ताजिया (मोहरम) पर्वका अवसरमा नक्कली बन्दुक प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १२ गते साँझ करिब ६:३० बजे वीरगञ्ज महानगरपालिका–१३ रानीघाट करबोला क्षेत्रमा मुस्लिम समुदायले आयोजना गरेको ताजिया जुलुसका क्रममा नक्कली बन्दुक प्रदर्शन गरेको आरोपमा २१ वर्षीय राहुल साह उर्फ हैदर अली देवान पक्राउ परेका हुन्।

पक्राउ परेका देवानको स्थायी ठेगाना पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ रहेको तथा हाल वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा बसोबास गर्दै आएका छन्।

प्रहरीका अनुसार सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्न सक्ने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले धार्मिक तथा सार्वजनिक कार्यक्रममा कानुनविपरीत गतिविधि नगर्न सबैलाई आग्रह गर्दै यस्ता घटनामाथि कडा निगरानी र कानुनी कारबाही जारी रहने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *