बालबालिकालाई आन्दोलनमा प्रयोग नगर्न पर्सा प्रहरीको आग्रह

समाचार

वीरगञ्ज ,१७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकालाई हड्ताल, बन्द, चक्काजाम, धर्ना, जुलुस तथा अन्य सडक प्रदर्शनमा प्रयोग नगर्न सर्वसाधारण तथा अभिभावकलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई यस्ता आन्दोलन तथा विरोध प्रदर्शनमा सहभागी गराउने वा प्रयोग गर्ने कार्यलाई गैरकानुनी मानेको छ। यस्तो कार्यले बालबालिकाको सुरक्षा, शिक्षा, मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने भएकाले कानुनले समेत निषेध गरेको प्रहरीको भनाइ छ।

पर्सा प्रहरीले विशेष गरी अभिभावकलाई आफ्ना बालबालिकालाई हिंसात्मक तथा कानुनविपरीतका गतिविधिमा संलग्न हुन नदिन सचेत रहन आग्रह गरेको छ। साथै, बालअधिकारको सम्मान गर्दै सुरक्षित, शान्तिपूर्ण र बालमैत्री वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी उनीहरूलाई कुनै पनि प्रकारका सडक आन्दोलन, भीडभाड तथा जोखिमपूर्ण गतिविधिबाट टाढा राख्न सबैमा अपिल गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *