स्कुल बसको ठक्करबाट सुनसरीमा ७५ वर्षीया वृद्धाको मृत्यु

समाचार

सुनसरी, २७ साउन । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा बुधबार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल, चिमडीको बसले सडक छेउमा बसिरहेकी स्थानीय ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालक बर्जु गाउँपालिका–६ निवासी २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *