बारा:१ करोड ४२ हजार बराबरको अबैध सामान सहित २ वटा ट्रक पक्राउ ।

समाचार

रसीद आलम, बारा,१८ असोज ।

विरगंजबाट भैरहवातर्फ र विरगंजबाट काठमाडौंतर्फ जादै गरेको दुईवटा ट्रकहरुलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी सामानहरु लोड गरेको तथा श्रोत खुलाउन नसकेकोले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा बुधबार ५:०० बजेको समयमा बाराको जितपुरसिमरा उ.म.न.पा.वडा न.११ अम्लेखगंज स्थित खटिएको प्रहरीको टोलीले बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको ट्रकमा रु.उन्नपचास लाख बयासी हजार चार सय त्रिचालीस बराबरको सामानहरु लोड रहेको तथा जितपुरसिमरा उ.म.न.पा. वडा न.०१ पथलैया स्थित विरगंजबाट काठमाडौंतर्फ जादै गरेको ना.८.ख.४८४२ नम्बरको  ट्रकमा रु.बयानब्बे लाख उन्नाईस हजार चार सय आठ बराबरको सामानहरु लोड रहेको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा बिल विजक भन्दा बढी सामानहरु लोड रहेको र बिलबिजक सन्कास्पद रहेकाले तथा श्रोत खुलाउन नसकेकोले उक्त सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिईएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

नियन्त्रणमा लिएको दुइवटै ट्रकहरुमा बरामद भएको अबैध सामानहरुको रु.१ करोड  ४२ लाख ०१ हजार ८ सय ५१ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *