मकवानपुर प्रहरीद्वारा लगभग ५० लाख बराबरको अबैध सुन सहित २ जना पक्राउ।

समाचार

रसीद आलम ,मकवानपुर ,२९ मंसिर ।

हेटौंडा रातोमाटे प्रहरी चेकपोष्टमा दुईवटा यात्रु बाहक बसबाट करिब ५० लाख बराबरको अबैध सुन सहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान ३:४० र ४:४० को समयमा बिशेष सुचनाको आधारमा प्रहरी टोलीले मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं १५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडी सडकमा काठमाण्डौबाट बिरगंज तर्फ जादै गरेको ना ५ ख ६२१७ र बागमती प्रदेश ०३-००१ख १७२७ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा देश भारत अमृतसार पंजाब बस्ने बर्ष ३४ को तर्सिम सिंह र धनुषा सबेला नगरपालिका वडा नं. २ बस्ने बर्ष ३९ को हितेश कुमार शाहलाई अबैध सुनसहित पक्राउ गरिएको छ।

पक्राउ परेका तर्सिम सिंहको साथबाट सुनको सिक्री २ थान जसको बजार मुल्य रु.७४ हजार ५ सय २३ तथा तौल ७ ग्राम २६८ मि.ग्राम रहेको, बेरिएको बाला १ थानको तौल २२ ग्राम ६४० मि.ग्रा र मुल्य रु.२ लाख ३२ हजार १ सय ४३ रहेको छ।त्यसतै हितेश कुमार शाहको साथबाट सुनको ब्रास्लेट ९ थान जसको तौल ४५० ग्राम १७५ मि.ग्राम र बजार मुल्य रु.४६ लाख १५ हजार ९ सय ५९ रहेको मकवानपुर प्रहरीले जानकारी गराएको छ।

निजहरुबाट बरामद गरेको सो अबैध सुनको जम्मा तौल  ४८० ग्राम ०८३ मि.ग्राम र बजार मुल्य रु.४९ लाख २२ हजार ६ सय २५ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सुन सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरी प्रुमख प्रहरी उपरीक्षक सीतारम रिजालले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *