टेस्ट क्रिकेट:भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट,भारत १५३ रनमा अलआउट

खेलखुद समाचार

काठमाडौँ, १८ पुस । दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्टमा पहिलो दिन २० विकेट झरेको छ ।

 

टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ५५ रनमा अल आउट भएको थियो भने भारत पहिलो इनिंगमा १५३ रन बनाएर अलआउट भएको छ । भारतले ३४.५ ओभरमा अल आउट हुदै १५३ रन बनाएको थियो ।

 

भारतले आफ्ना ७ ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन भने पछिल्ला ५ ब्याट्सम्यानले लगातार कुनै रन नबनाएर आउट भएका थिए । भारतका रविन्द्र जेडेजा, जसप्रित बुमराह, मोहमद सिराज, प्रसिद कृष्ण र मुकेश कुमारले कुनै रन बनाउन सकेनन । त्यसअघि श्रेयस अय्यर र यशस्वी जैसवाल पनि शुन्यमा आउट भएका थिए ।

 

भारतका विराट कोहलीले सर्बाधिक ४६ रन बनाए भने कप्तान रोहित शर्माले ३९ र शुभमन गिलले ३६ तथा केएल राहुलले ८ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागिसो रबाडा, लुंगी इंगिडी र नान्द्रे बर्गरले ३-३ विकेट लिएका थिए ।

 

योसंगै भारतले पहिलो इनिंगमा ९८ रनको अग्रता लिएको छ । अब दक्षिण अफ्रीकाले आजै आफ्नो दोस्रो इनिंग शुरु गर्ने छ ।

भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।

 

दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्बाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्नेक्रममा भारतका बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए ।

 

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङमा बनाएको आठौँ सबैभन्दा कम टोटल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०-३० रनमा अलआउट भएको रेकर्ड रहेको छ । दुवै पटक नै इङ्ल्याण्डसँग ३०-३० रनमा अल आउट भएको थियो ।

 

२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिंग र ३२ रनले पराजित गरेको थियो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *