स्रोत नखुलेको १० लाख रकमसहित रौतहटबाट दुई जना पक्राउ

समाचार

रौतहट, २३ फागुन । रौतहटको इशनाथ नगरपालिकास्थित बन्जरहाबाट सोमबार राति स्रोत नखुलेको १० लाख नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको टोलीले इशनाथ–१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाच गर्दा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलीजा गिरीले जानकारी दिइन्।

सवारी जाँचको क्रममा गाडी चालक हेटौंडा उपमहानगरपालिका १४ का वर्षीया रामरती मोक्तान र मनहरि गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङलाई स्रोत नखुलेको १० लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गाडीको पछाडी सिटमा बसेका देवराजले बोकेको कालो रङको झोलाबाट रकम बरामद भएको र स्रोतबारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारबाहीका लागि गाडीसहित दुवैलाई मंगलबार गौर भन्सार कार्यालय बुझाएको डीएसपी गिरीले जानकारी दिइन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *